१६ कार्तिक २०८३, सोमबार

मधेशमा एमाले क्रेजः गाउँपालिका उपाध्यक्षसहित जसपा–लोसपा र काँग्रेसबाट ५ सय बढीले रोजे एमाले

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ फागुन । नेकपा एमालेमा विभिन्न पार्टीबाट प्रवेश गर्ने क्रम दिनप्रतिदिन बढिरहेको छ ।

यसै क्रममा मधेश प्रदेशको महोत्तरीको पिपरा गाउँपालिका उपाध्यक्ष नुनुकुमारी दाससहित जसपा, लोसपा, नेपाली काँग्रेस र माओवादी केन्द्रबाट ५ सय बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

महोत्तरी एमालेका अनुसार एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री जुली कुमारी महतोको उपस्थितिमा एक कार्यक्रमका बीच गाउँपालिका उपाध्यक्ष नुनुकुमारीले एमालेको सदस्यता लिएकी हुन् ।

अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष सरस्वती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँ कार्यपालिका सदस्य तथा लोसपाका प्रभावशाली नेता रामबाबु नायक, समसुन नदाफ समेतले एमाले रोजेका छन् ।

त्यस्तै, कार्यक्रममा माओवादी नेता रामबिलाश दास, जसपाका जिल्ला नेता रोशन पाण्डे, नेपाली काँग्रेसका सानु मण्डल, शान्ति देवीसहितका ५ सय बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका एमालेले जनाएको छ ।