
संखुवासभा, ७ फागुन । आफ्नै ५२ वर्षीय बुवाको हत्या गरेको अभियोगमा सभापोखरी गाउँपालिका–२ बितलब बस्ने १८ वर्षीय किशोरलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादमा ती किशोरले फलामको मार्तल प्रहार गरी बुवाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धुपु र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया