
काठमाडौँ, ७ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ३५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ३ हजार ५३८ पीसीआर र एन्टिजेन विधिबाट ३ हजार ५५८ एन्टिजेन परीक्षण गरिएकोमा ३५० जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ११ लाख १३ हजार ८९४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २७२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ९ लाख ५० हजार ५६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ३५७ जना रहेको छ ।
थप ७ लाख ६९ हजार ५७६ जनाले खोप लगाएका छन् । हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९१७ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया