
काठमाडौँ, ७ फागुन । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई तहसनहस बनाएको आरोप लगाएका छन् ।
सूर्यविनायक नगर अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले अमेरिकी सहयोग परियोजना एमसिसीबारे सरकारले निर्णय लिन नसक्दा नेपालमा विदेश शक्ति खेल्ने अवस्था आएको बताएका हुन् ।
एमालेलाई सरकारबाट हटाएपछि एमसिसी पास गर्ने बताएको तर अहिलेसम्म गठबन्धन सरकारले यसबारे निर्णय लिन नसकेको उनको भनाइ छ । उनले आफ्ना पालामा पनि एमसिसीलाई संसदमा टेबुल गर्न नदिएको स्मरण गरे ।
अध्यक्ष ओलीले गठबन्धनको सरकार आफ्नै किचलोमा फस्दा देशमा चरम संकट फस्दै गएको बताए ।
उनले थपे, सकार आफ्नै किचलोमा रुमलिएको छ । सरकार सञ्चालन गर्ने पैसा पनि छैन । विकासका काम रोकिएका छन्, तरलताको अभाव छ, बैंकबाट ऋण पाउन सकिएको छैन । देश चरम आर्थिक संकटमा फसेको छ ।












प्रतिक्रिया