७ कार्तिक २०८३, शनिबार

मधुवनमा शितभण्डार सञ्चालन, आलु र टमाटरमा राख्न मिल्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, ७ फागुन । बर्दियाको मधुवन नगरपालिका–६ मा शितभण्डार सञ्चालनमा आएको छ ।

दुई सय मेट्रिकटन आलु वा फलफूल भण्डारण गर्न सकिने शितभण्डार सानोश्री सानाकिसान कृषि सहकारी संस्था लिमिटेडले सञ्चालनमा ल्याएको हो ।

शितभण्डारको सांसद एवं पुर्व उद्योग वाणिज्य तथा आपुर्ति राज्य मन्त्री विमला वि.क, प्रदेशसभासद् कुलप्रसाद पोखरेल र मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर केसीले संयुक्तरूपमा उद्घाटन गरे ।

शितभण्डार दुई करोड ३० लाखको लागतमा निर्माण भएको हो । प्रदेश सरकारको ७० प्रतिशत र सानोश्री सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको ३० प्रतिशत लगानीमा शितभण्डार निर्माण भएको सानोश्री सानाकिसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक दयाराम तिवारीले बताए ।

शितभण्डार सुरु भएपछि बर्दिया जिल्लामा उत्पादन भएको आलु भण्डारण गर्नका लागि जिल्ला भन्दा बाहिर लैजानु पर्ने अवस्था थियो । बर्दियामा उत्पादित बीउ र खायन आलु कैलाली र बाँके जिल्लामा लैजानु पर्ने बाध्यता थियो ।

शितभण्डार खुल्ने भएपछि यस वर्ष मधुवन नगरपालिका लगाएतका क्षेत्रमा यस बर्ष आलु खेती गर्ने कृषकको संख्यामा बृद्धि भएको छ । गत वर्षको तुलनामा मधुवन नगरपालिकामा आलुको उत्पादन समेत बढेको छ ।

सानोश्री सानाकिसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष धर्मराज थापाले हाल बनेको शितभण्डारमा आलु र टमाटरमा राख्न मिल्ने बताउँदै प्याज राख्नका लागि थप अर्को शितभण्डार निर्माणका लागि पहल गर्ने जानकारी दिए । उत्पादन भएको आलु राख्नका लागि सबै कृषकहरूलाई राखेर लाभ उठाउन उनले अनुरोध गरेका छन् ।