१६ कार्तिक २०८३, सोमबार

दुबई जान लागेको ३५ जना कलाकार टोलीलाई अध्यागमनले फर्कायो

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ फागुन । दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काएको छ ।

शुक्रबार काठमाडौँको अनामनगरस्थित प्रियसी म्युजिक प्रालिबाट सांस्कृतिक कार्यक्रमका लागि दुबई जान लागेको कलाकारको टोलीलाई विमानस्थलबाट फर्काइएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।

दुबई जाने कलाकारको टोलीमा ३५ जना रहेको र उनीहरुमध्ये प्रालिका सञ्चालक लगायत केही व्यक्ति मात्रै गृह मन्त्रालयको परिपत्रअनुसार जान पाउने देखिएको बताइएको छ ।

अन्य व्यक्तिहरुसँग भने गृह मन्त्रालयले तोकेको कागजपत्र र यूएईस्थित नेपाली राजदूतावासको ‘नो अब्जेक्सन लेटर’ नभएको पाइएपछि दुबई उड्नबाट रोकिएको हो ।

गृहमन्त्रालयको माघ ९ गतेको सूचना मार्फत् माघ १० गतेदेखि लागू हुने गरी विभिन्न मुलुकमा भिजिट भिसाको लागि जानेहरूलाई कडाइ गरिएको थियो ।

यस्तो छ गृह मन्त्रालयको सूचना: