
काठमाडौँ, ६ फागुन । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले एमसीसीबारे खुला बहस गर्न आह्वान गरेका छन् ।
उनले शुक्रबार दूतावासको आधिकारिक अकाउन्टबाट एक ट्वीट गर्दै राजदूत बेरीले भनेका छन्, ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यही हो ।’
यद्यपि उनले हिंसा भड्काउने विचारहरु स्वीकार्न नसकिने बताएका छन् ।
‘आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ,’ ट्वीटमा भनेका छन्, ‘तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन् ।’












प्रतिक्रिया