१६ कार्तिक २०८३, सोमबार

अमेरिकाले नेपालमा ‘बलजफ्ती’ गरेको भन्दै चीनद्वारा विरोध

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ फागुन । अमेरिकाले नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन नगरे चीनको हस्तक्षेप भनी बुझ्ने चेतावनीको विरोध गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिङले नेपालमा ‘बलजफ्ती कूटनीति’ गरेको बताउँदै त्यसको चीनले विरोध गर्ने जनाएका छन् ।

अमेरिकी चेतावनीलाई चीनले ‘बलजफ्ती कूटनीति’ भन्दै आफूहरू ‘बलजफ्ती कूटनीति’को विपक्षमा रहेको स्पष्ट पारेको छ ।