१६ कार्तिक २०८३, सोमबार

६ महिनामा यी ३८ खाद्य कम्पनी कारवाहीमा परे (सूचीसहित)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ फागुन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्षको छ महिनामा ३८ कम्पनीलाई कारवाही गरेको छ ।

विभागले तोकिएको खाद्य मापदण्ड तथा गुणस्तरीयता नपुर्याएका तथा उपभोग्य खाद्यान्नमा अखाद्य पदार्थ मिसावट गरेका कम्पनीहरुलाई कारवाही गरेको हो ।

उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड गर्ने विभिन्न ३८ खाद्य तथा पेय कम्पनीलाई विभागले कारवाही गरेको हो ।

शुक्रबार चालु आर्थिक वर्ष २०७८÷७९ को छ महिनाको रिपोर्ट सार्वजनिक गर्दै विभागले सो अवधिमा खाद्य तथा बजार र उद्योग क्षेत्रबाट गरी कुल २ हजार १२४ नमुना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ । जसमध्ये
खाद्यान्न÷दलहनजन्यबाट २८४ वटा, तेल तथा घ्युजन्यका १४९ वटा, फल तथा सागपात जन्य पदार्थका १०१, मसलाका ८०, चिया कफीका ३६, दुध तथा दुग्धजन्य पदार्थका १५, प्रशोधित पिउने पानीका ३९, गुलियो पदार्थका ३३, कन्फेक्सनरीका १२, मासु तथा मासुजन्य पदार्थ १०, नूनका १२ लगायत अन्य खाद्य पदार्थका ५७ र दानाका ७२ गरी ९०० वटा नमुनाको परीक्षण गरिएको विभागले जनाएको छ ।

यी कम्पनी परे विभागको कारवाहीमा: