
काठमाडौँ, ६ फागुन । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५०१ जना कैदीबन्दीको कैद सजाय मिनाहा गर्ने भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद मिनाहा गर्ने भएकी हुन् ।
शुक्रबार राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा ५०१ जनाको बाँकी सजाय माफी दिइएको हो ।
सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको विज्ञप्तिमा उल्लेख छ ।
अन्य १२ जनाको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद, जरिवाना, सर्वस्वलगायत सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यस्तो छ विज्ञप्तिः














प्रतिक्रिया