७ कार्तिक २०८३, शनिबार

फिलिपिन्समा कार दुर्घटनामा परी वायुसेनाका ३ सैनिकको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनिला, ६ फागुन । मेट्रो मनिलाको प्रमुख राजमार्गमा यात्रा गर्ने क्रममा शुक्रबार बिहानै कार कंक्रिटको अवरोधमा ठोक्किएर आगलागी हुँदा तीन फिलिपिन्स वायुसेना सैनिकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

वायुसेनाले स्थानीय समय अनुसार बिहान ३ बजे (१९०० जीएमटी) केही समय अगाडि दुर्घटना हुँदा कारमा चार सैनिक रहेको बताएको छ । दुर्घटनामा फिलिपिन्स वायुसेनाका चारजना कर्मचारी थिए। तीन जनाको मृत्यु भएको पुष्टि भएको छ,ू सैनिकले जनाएको छ।

दुर्घटनामा घाइते भएका चालकको राजधानी क्षेत्रको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। विज्ञप्तिमा भनिएको छ, यो घटना के कारणले भयो भन्ने परिस्थितिको बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन, वायुसेनाले दुर्घटनाको अनुसन्धान गरिरहेको छ।-रासस