१८ कार्तिक २०८३, बुधबार

अप्राकृतिक सत्ता गठबन्धन टुट्नु अनिवार्य छः योगेश भट्टराई

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ फागुन । नेकपा एमालेका सचिव तथा संघीय सांसद योगेशकुमार भट्टराईले अप्राकृतिक रुपमा जोडिएको सत्तारुढ गठबन्धन टुट्नु अनिवार्य रहेको बताएका छन् ।

अप्राकृतिक रुपमा गठबन्धन बनेको र जग कमजोर भएकाले टुट्नु अनिवार्य रहेको भट्टराईको भनाइ छ ।

शुक्रबार संसद बैठकपछि धारणा राख्दै भट्टराईले गठबन्धन टुटेको खण्डमा नेपालको संविधानको धारा ७६ प्रभावित हुने र सो धाराअनुसार एमालेको भुमिका कहाँ हुन्छ सोही अनुसार भुमिका निर्वाह गरिने बताए ।

त्यस्तै, एमालेका मागहरु सम्बोधन भएपछि मात्रै एमालेले एमसीसीका सम्बन्धमा धारणा बनाउने उनको भनाइ छ ।

एमालेले आफूले कारवाही गरेका १४ जना सांसदहरुबारे सभामुखले टुंगो लगाउनुपर्ने सचिव भट्टराईले जनाए ।

भट्टराईले एमालेको प्राथमिकता सत्ता गठबन्धन नभई आगामी तिनै तहको निर्वाचन भएको जनाए ।