७ कार्तिक २०८३, शनिबार

आजदेखि तीनदिन प्रजातन्त्र दिवस

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ६ फागुन । भक्तपुरमा आजदेखि तीनदिनसम्म विभिन्न कार्यक्रममा गरेर राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा फागुन ६, ७ र ८ गते सिर्जनात्मक एवं रचनात्मक विविध कार्यक्रम गरी मनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।

सोही अवसरमा आइतबार भक्तपुरमा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । बिहीबार बसेको प्रजातन्त्र दिवस जिल्लास्तरीय समितिको बैठकले बृहत् रक्तदान आयोजना गर्ने निर्णय गरेको हो ।

सोही अवसरमा आजदेखि तीनदिन घरघरमा दीपावली गरिने, सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका कार्यालयमा राष्ट्रिय झण्डा फहराई साँझ दीपावली गर्ने, कार्यालय परिसरमा सरसफाइ गर्ने, रक्तदान तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरिने उहाँले जानकारी दिनुभयो ।

जिल्लास्थित विभिन्न सञ्चारमाध्यममा प्रजातन्त्र दिवससम्बन्धी सन्देश, सूचना, अन्तक्र्रिया, छलफल तथा बहस कार्यक्रम प्रकाशन तथा प्रसारण गरिने भएको प्रजिअ शर्माले जानकारी दिनुभयो ।–रासस