२९ आश्विन २०८३, बिहिबार

इभाना मानन्धर बनिन् यसबर्षको मिस नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Evana-Manandhar

काठमाडौँ, ५ वैशाख । यसबर्षको मिस नेपाल इभाना मानन्धर भएकी छिन् ।

काठमाडौँमा शनिबार राति सम्पन्न प्रतियोगितामा १८ प्रतिस्पर्धीलाई पछि पार्दै इभाना मिस नेपाल विजेता भएकी हुन् ।

काठमाडौँको न्यूरोड भोटेबाहलकी इभानालाई मिस नेपाल २०१४ सुबिन लिम्बुले ताज पहिर्‍याइदिइन् । अमेरिका बस्दै आएकी इभाना केही समय अघि मात्रै नेपाल आएकी हुन् । इभाना मानन्धर अब मिस वर्ल्डमा सहभागी हुने अवसर पाएकी छिन् । इभानाले मिस इन्टेलेक्चुअल विधा र मिस पर्सानालिटीको टाइटल पनि हात पारिन् ।

कार्यक्रमका प्रमुख निर्णायक शंकर शर्माले उनलाई अबको पन्ध्र बर्षमा तपाईँ आफूलाई कस्तो अवस्थामा देख्नुहुनेछ भन्ने प्रश्न सोधेका थिए ।

यसैगरी, दिव्यता बैद्य फस्ट रनर अप र मेधा कोइराला सेकेण्ड रनर अप भएकी छिन् । यसैगरी, मिस फोटोजेनिक दिव्यता वैद्य, मिस स्कुलर अफ द इयर सुदिपा पाठक, मिस कप्लेक्सन र मिस बब्ली निश्मा चौधरी, मिस पपलुर नुनिड लिम्बु, मिस ट्यालेन्ट पूजा श्रेष्ठ, मिस फ्रेन्डसिप सोनु थापा मगर, ब्यूटी विथ त पर्पजको उपाधि रेविका क्षेत्रीले हात पारेका छन् । प्रतियोगिता द हिडन ट्रेजरले आयोजना गरेको हो । यो २० औं संकरण हो ।

हेर्नुस् इभानाबारे यो भिडियो: