८ कार्तिक २०८३, आइतबार

देउवा–ओलीबीच के भयो सहमति ?

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बिहीबार साँझ गठबन्धनका दलहरुको बैठकमा एमसीसीका विषयमा सहमति नभएपछि प्रधानमन्त्री देउवा पत्नी आरजु राणासहित अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

उनीहरुबीच पनि एमसीसीकै सेरोफरोमा कुराकानी भएको अनुमान गरिए पनि सहमति भए नभएको बारे केही खुलाइएको छैन ।

देउवा सवा १० बजे बाहिरिएका छन् । उनले सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया दिन चाहेनन् ।

ओलीसँग पहिलो चरणमा वार्ता गरेर बालुवाटा फर्किसकेका देउवा फेरि अर्को चरणको वार्ताका लागि बालकोट फर्किएका थिए ।

उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो ।

उता एमाले अध्यक्ष ओलीले पनि भेटवार्तालाई लिएर कुनै प्रतिक्रिया दिएका छैनन् ।

ओलीको सचिवालयले भने छलफल भएको तर मिडियालाई भन्ने केही कुरा नभएको जनाएको छ ।