२९ आश्विन २०८३, बिहिबार

सामसुङ एक्स्पोमा ११ करोड ५० लाखभन्दा बढीको कारोबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhidbhad

काठमाडौँ, ५ वैशाख । सिटिसी मलमा जारी सामसुङ मोबाइल एक्स्पोले नवौँ दिन आइपुग्दा रु ११ करोड ५० लाखभन्दा बढीको कारोबार गरेको छ ।

सिटिसी मोबाइल बजार प्रालिका अध्यक्ष सन्दिपमान श्रेष्ठले आमाको मुख हेर्ने दिन प्रदर्शनीमा रु आठ हजारभन्दा बढीको स्मार्टफोन खरिद गर्नेलाई साडी वा घडी उपहारसमेत प्रदान गरेको बताउनुभयो । उहाँले आमाको मुख हेर्ने दिन आमालाई साडी उपहार दिन चाहनेका लागि गतिलो अवसर रहेको बताउनुभयो ।

नवौँ दिनसम्म करिब छ लाख ८० हजारभन्दा बढीले एक्स्पोको अवलोकन गरिसकेको आयोजकको दावी छ ।

एक्स्पो अवधिमा सामसुङ, माइक्रोम्याक्स, कलर्स, पानासोनिक, कार्बन, हुवावे र जियोनी मोबाइलको कारोबार अन्यभन्दा बढी रहेको उहाँले जानकारी दिनुभयो । अवलोकनकर्ताको भीड बढिरहेकाले एक्स्पोको अवधि अझ दुई दिन थप गरिएको छ ।

rage Mobile resham filili 1 Resham Filili artist perform resham filili team resham filili team sadi lineko Bhid sadi lineko Bhidbhad sadi Pradh