८ कार्तिक २०८३, आइतबार

विश्वभर एकैदिन १० हजार संक्रमितको मृत्यु, २० लाख भन्दा बढीमा संक्रमण

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट १० हजार २९६ जनाको मृत्यु भएको छ ।

यो सँगै हालसम्म विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ लाख ६६ हजार ८२८ पुगेको छ ।

त्यस्तै, वितेको २४ घण्टामा विश्वभर २० लाख २६ हजार ९९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ४१ करोड ७८ लाख ३५ हजार ७३५ जना पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ३४ करोड ११ लाख ४० हजार ४४९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९०५ सयको ज्यान गएको छ । १८ हजार २५१ जना सक्रिय संक्रमित रहेका छन् भने ९ लाख ७४ हजार ४९३ जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, ९ लाख ४४ हजार ३३७ जना संक्रमित निको भइसकेका छन् ।