
काठमाडौँ, ४ फागुन । सरकारले तोकेको स्थानीय तहको निर्वाचन मितिविरूद्ध परेको रिट दर्ता गर्न सर्वोच्चले आदेश जारी गरेको छ ।
निर्वाचन मिति घोषणाविरुद्धको रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो ।
तर न्यायाधीश ईश्वर खतिवडाको इजलासले महोत्तरीको भङ्गाहा नगरपालिका–२ का सञ्जीवकुमार साहको रिट दर्ता गर्न आदेश दिएको छ ।
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणा गरेको छ ।
२०७४ असोज ७ मेयर बनेका साहले आफ्नो नगरपालिका प्रमुखको पाँच वर्षे कार्यकाल घटाउने गरी सरकारले निर्वाचन मिति घोषणा गरेको भन्दै रिट दर्ता गरेका हुन् ।












प्रतिक्रिया