
काठमाडौँ, ४ फागुन । वुधबार अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध प्रदर्शन गर्ने १३७ जना पक्राउ परेका छन् ।
वुधबार नयाँबानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा १३७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सरकारले एमसीसी संसदमा पेश गर्न लागेपछि विप्लवसहितका ६ राजनीतिक दलसहितले प्रदर्शन गरेका थिए ।
यसैक्रममा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास, पानीको फोहोरा प्रहार गरेको थियो ।
काठमाडौँको विभिन्न स्थानहरुबाट प्रदर्शनकारीहरु पक्राउ परेका हुन् ।
सरकारले वुधबारको संसद बैठकमा एमसीसी टेबल गर्ने योजनामा थियो । तर एमालेले विरोध गरेपछि अर्को बैठकमा एमसीसीको विषय उठाउने जनाइएको छ ।












प्रतिक्रिया