
काठमाडौँ, ४ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
एमसीसी प्रतिनिधिसभाको बैठकमा टेबल गर्न लागेको विरोधमा वुधबार काठमाडौँमा प्रदर्शन भएको छ ।
विभिन्न राजनीतिक दलहरुको मोर्चाले माइतीघरदेखि नाराजुलुससहित संघीय संसद भवनतर्फ प्रदर्शन भएको थियो ।
प्रहरीको निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि प्रहरीले अश्रूग्यास, पानीको फोहोरा र लाठी चार्ज गरेको थियो ।
त्यस क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।















प्रतिक्रिया