
काठमाडौँ, ४ फागुन । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले संसद चलाउन नचाहेको बताएका छन् ।
वुधबार बसेको प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सचिव भट्टराईले सभामुखले एमालेले उठाएका विषयवस्तुको सम्बोधन नै नगरेको बताए ।
आफूहरुको माग पहिले सम्बोधन हुनुपर्ने भट्टराईको भनाइ छ ।
‘संसदमा जे कुरा उठाएर हामीहरूले विरोध गरिरहेका छौँ । त्यो विषयमा सम्बोधन हुनुपर्छ कि पर्दैन । हुनुपर्यो नि । हामीले जुन विषयवस्तु उठाइरहेका छौं, त्यसमा सभामुख र प्रधानमन्त्रीजीले एउटा सार्थक पहल गर्नुपर्यो नी,’ उनले भने ।
सभामुखले पक्षपाती व्यवहार गरेको भट्टराईको ठहर छ ।
‘एमालेले त वास्तविक विषय उठाएको छ । त्यसमा सभामुखको लापरवाही देखियो, पक्षधरता देखियो, त्यसप्रति हाम्रो विरोध हो । सभामुखले संसद खोल्न र चलाउनै चहानुभएको छैन। प्रधानमन्त्रीले संसद चलाउनै चहानुभएको छैन। एमसिसीको के बात गर्ने,’ उनले भने ।















प्रतिक्रिया