काठमाडौं, ५ वैशाख । दैलेखी पत्रकार गोविन्ददेव भारतीको दोस्रो सांगीतिक कोसेली लोक दोहोरी एल्वम ‘मसानघाट’ बजारमा आएको छ ।
यसअघि २०७० सालमा दशैँ विशेष गीत वजारमा ल्याई निकै चर्चा कमाउन सफल भारतीको यो दोस्रो लोक तथा दोहोरी एल्बम हो । गोविन्ददेव भारतीको शब्द, यामलाल आचार्यको लय तथा यामलाल आचार्य र पूर्णकला विसीको आवाजमा रहेको यो गीतको अडियो बजारमा आइसकेको र भिडियो पनि छिट्टै नै बजारमा आउने तयारीमा रहेको बताइएको छ ।
हिम सम्झौता डिजिटल प्रा.लि.काठमाण्डौले वजारमा ल्याउन लागेको गीतको भिडियोमा ध्रुव हिमाली, पवित्रा भण्डारी, लोकेन्द्र जिसी कुमार लगायतले अभिनय गरेका छन् ।
गीतमा शब्द लय र श्वरको निकै नै उत्कृष्टता भएको हुँदा र अहिलेको समयसँग तालमेल खाने खालको भएकोले यसले निकै सफलता पाउने कुरामा हिम सम्झौता डिजिटल प्रा.लि का प्रवन्ध निर्देशक नन्दाराम परियारले विश्वास ब्यक्त गरे ।
यस लगत्तै भारतीको समसामयिक लोकदोहोरी ‘म त जसरी नी सञ्चारकर्मी’ वन्छु वोलको एल्वम वजारमा आउने तयारी भैरहेको पनि भारतीले जानकारी दिए । नेपाली लोकगीतको मौलिकपनालाई विशेष जोड दिँदै गीतहरु बजारमा ल्याउने कुरापनि उनले जानकारी दिए ।















प्रतिक्रिया