२९ आश्विन २०८३, बिहिबार

जानकी मेडिकल कलेज मलेसियाको माह्सा विश्वविद्यालयसँग आबद्ध

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । मधेश प्रदेशको जानकी मेडिकल कलेज मलेसियाको माह्सा विश्वविद्यालयसँग आबद्ध भएको छ ।

माह्सा विश्वविद्यालय र जानकी मेडिकल कलेजबीच हालै मेडिकल क्षेत्रमा संयुक्त अनुसन्धान, विद्यार्थी आदानप्रदानलगायत विषयहरूमा सहकार्य गर्ने सम्झौता भएको हो । सन् २००४ मा प्राध्यापक तानश्री डा. मोहम्मद हन्निफाले स्थापना गरेको माह्सा विश्वविद्यालय दक्षिण एशियाली मुलुकहरूमा उच्चस्तरीय शैक्षिक व्यवस्था स्थापित गर्ने उद्देश्यका साथ अघि बढिरहेको संस्था हो ।

मेडिसिन, बायोसाइन्स, दन्त चिकित्सा, फार्मेसी, स्वास्थ्य विज्ञान, नर्सिङ, व्यापार, वित्त, आतिथ्य व्यवस्थापन, सूचना प्रविधि जस्ता विषयगत क्षेत्रहरूमा उच्च शिक्षा प्रदान गर्ने माह्सा विश्वविद्यालयसँग आबद्ध भएर जानकी मेडिकल कलेजले आफ्नो विद्यार्थीहरूलाई अनुसन्धान अनि अभ्यासमा केन्द्रित शिक्षा दिने लक्ष्य लिएको छ ।

माह्सा विश्वविद्यालयसँगको संयुक्त प्रेस विज्ञप्तिमा जानकी मेडिकल कलेजले उक्त विश्वविद्यालयसँग आबद्ध हुँदाको सकारात्मक पक्षहरूलाई व्याख्या गर्दै खुशी व्यक्त गरेको छ । उच्चस्तरीय मेडिकल शिक्षा प्रदान गर्ने उद्देश्य लिएको जानकी मेडिकल कलेजका विभागीय प्रमुख प्रा. रामप्रसाद उप्रेती यो सहकार्यले स्वास्थ्य क्षेत्रलाई मात्र नभई दुई राष्ट्रको सम्बन्धलाई पनि सुदृढ़ बनाउने मा विश्वस्त छन् ।

आगामी दिनहरूमा यसरी नै अन्य विश्वस्तरीय संस्थाहरूसँग सहकार्य गरेर जनाकी मेडिकल कलेजलाई नेपालकै उत्कृष्ट मेडिकल शिक्षण संस्था र अस्पताल बनाउने योजना भएको राम प्रसाद उप्रेतीले बताएका छन् । जानकी मेडिकल कलेज स्तरीय मेडिकल शिक्षा प्रदान गर्दै आउँदा दिनहरूमा दक्ष डाक्टरहरू स्थापित गर्ने लक्ष्य लिएर अगाडि बढिरहेको संस्था हो ।