२९ आश्विन २०८३, बिहिबार

अमेरिकामा नेपाली कविहरूले यसरी मनाए प्रेमदिवस

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, ४ फागुन । अमेरिका बस्ने नेपाली कविहरूले १४ फेब्रुअरीमा प्रेमदिवस मनाएका छन् ।

सबै सहाभागीहरू रातो पोशाकमा सजिएका थिए । कार्यक्रम अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत रहेका साहित्यकार गोवर्द्धन पूजाले संयोजन गरेका थिए । जुम प्रविधि मार्फत गरिएको उक्त कार्यक्रममा अमेरिका, क्यानडा, नेपाललगायत अन्य देशमा बस्ने नेपाली साहित्यकारहरूले आ–आफ्नो प्रेमिल रचनाहरू वाचन गरेका थिए ।

रचना वाचन् गर्नेहरूमा मोहन सिटौला, तीर्थराज अधिकारी, पदम विश्वकर्मा, सर्वज्ञ वाग्ले, विश्वराज अधिकारी, राजेन्द्र श्रेष्ठ, डा. ऋृषि बास्ताकोटी, वसन्त श्रेष्ठ, कृष्ण गिरी, आनन्द श्रेष्ठ, मुरारी सिग्देल, रश्मी रिमाल, प्रभा पोखरेल, राम लामा अविनाशी, गोवर्द्धन पूजा, सुनिता खत्री, मुक्ति गौतम, कविन्द्र सिटौलालगायत थिए ।

कार्यक्रमको अन्त्यमा एकसय डलर लक्की ड्र उपहारको लागि कृष्ण गिरीले चिट्ठा तानेका थिए । उक्त चिट्ठा अमेरिकाका न्यूयोर्क निवासी आनन्द श्रेष्ठलाई परेको थियो । उक्त उपहारको सौजन्य नेपालको यति एयलाइन्सले गरेको थियो ।

अमेरिकाको पूर्वीय समय रातको ९ः३० बजे शुरू गरिएको उक्त कार्यक्रम करीब ३ घण्टासम्म चलेको थियो । अन्त्यमा अनेसासका बीओटी कोषाध्यक्षसमेत रहेका साहित्यकार राम लामा अविनाशीले सहभागी सबैलाई धन्यवाद दिँदै उपहार विजेतालाई हार्दिक बधाई ज्ञापन गर्दै कार्यक्रम समापन गरेको घोषणा गरेका थिए ।