
काठमाडौं, ४ फागुन । गत २४ घण्टामा विश्वभर कोरोना भाइरस संक्रमणबाट ८ हजार ८९८ जनाको मृत्यु भएको छ ।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर १८ लाख ९१ हजार ९९१ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ४१ करोड ६९ लाख ८९ हजार ५६७ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, ३३ करोड ९४ लाख ३५ हजार ६९७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ५८ लाख ५५ हजार २३५ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९०२ सयको ज्यान गएको छ । १९ हजार ४ सय जना सक्रिय संक्रमित रहेका छन् भने ९ लाख ७४ हजार ३९ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ९ लाख ४२ हजार ७३७ जना संक्रमित निको भइसकेका छन् ।















प्रतिक्रिया