१७ कार्तिक २०८३, मंगलबार

थप ६८० जनामा कोरोना संक्रमण, १ हजार ८३५ निको, २ को मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ६८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ६८० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ४ हजार २५६ पीसीआर र एन्टिजेन विधिबाट २ हजार ८३९ एन्टिजेन परीक्षण गरिएकोमा ६८० जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ११ लाख ११ हजार ८९८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८३५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ९ लाख ४२ हजार ७३७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ४०० जना रहेको छ ।

थप ४३ हजार ८८१ जनाले खोप लगाएका छन् । हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९०२ जना पुगेको मन्त्रालयले जनाएको छ ।