८ कार्तिक २०८३, आइतबार

गठबन्धनका पाँचै नेताहरुलाई एकै ठाउँ बसेर प्रेम आलेको अडियो सुन्न सूर्य थापाको सुझाव

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ फागुन । नेकपा एमालेका नेता सूर्य थापाले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेको प्रेम आलेको भाषा एकै ठाउँमा बसेर सुन्न प्रधानमन्त्रीसहित गठबन्धनका पाँच नेतालाई सुझाव दिएका छन् ।

मन्त्री आलेले सुन्न पनि नसकिने अत्यन्तै लाजमर्दो शब्दमा गालीगलोज र अपहरणको धम्की दिएको भन्दै थापाले तत्काल बर्खास्तका लागि जोडदार माग पनि गरेका छन् ।

‘अझ संस्कृति र पर्यटन मन्त्रीको कुर्सीमा रहिकन धेरै वटा कानुन एकैसाथ आकर्षित भएरगरेर कारबाही गर्नुपर्ने हरामी अपराधीको निर्लज्ज ढलीमली र उन्माद पोखिएछ ! थापाले भने छन्, ’एक रौं बराबर पनि नैतिक मूल्य, मान्यता र सामाजिक लज्जाको अनुभूति बाँकी छ भने १० बज्दानबज्दै यसलाई बर्खास्त गरियोस् पार्टी फुटाएर मन्त्री हुन भेडाच्याङ्ग्रासरी बिक्री भएका वस्तुले सामाजिक मूल्य र लज्जाको ख्याल गर्न नसक्नु त एकदम स्वभाविक नै हो । खासमा जे रोपियो, त्यही त फल्यो ! एउटा सुझाव–उसको अडियो गठबन्धनका पाँचै मुख्य नेताजीहरू एकै ठाउँ बसेर सुन्ने कष्ट पनि गरियोस् ।’

यस्तो छ थापाको भनाइ:

माधव कु. नेपालका रोलमोडेल मन्त्रीको ‘एकीकृत समाजवादी पार्टी भाषा’ शरमहीन अधोपतनका रूपमा सार्वजनिक भएछ । सुन्न पनि नसकिने लाजमर्दो शब्दमा गालीगलोज र अपहरणको धम्की । अझ संस्कृति र पर्यटन मन्त्रीको कुर्सीमा रहिकन धेरै वटा कानुन एकैसाथ आकर्षित भए/गरेर कारबाही गर्नुपर्ने हरामी अपराधीको निर्लज्ज ढलीमली र उन्माद पोखिएछ !

एक रौं बराबर पनि नैतिक मूल्य, मान्यता र सामाजिक लज्जाको अनुभूति बाँकी छ भने १० बज्दानबज्दै यसलाई बर्खास्त गरियोस्! पार्टी फुटाएर मन्त्री हुन भेडाच्याङ्ग्रासरी बिक्री भएका वस्तुले सामाजिक मूल्य र लज्जाको ख्याल गर्न नसक्नु त एकदम स्वभाविक नै हो। खासमा जे रोपियो, त्यही त फल्यो! एउटा सुझाव– उसको अडियो गठबन्धनका पाँचै मुख्य नेताजीहरू एकै ठाउँ बसेर सुन्ने कष्ट पनि गरियोस् ।

र, श्री माधव कु. नेपाल महोदय यस्ता बेशरमका व्यक्तिलाई मन्त्रीको कुर्सीमा राखेर पौने तीन करोड सभ्य नागरिकमाथि अझै कति र कस्तो शासन गरिरहनु हुन्छ ? कालो रूमालले मुख छोपेर हिड्न थालिहाल्नुहोस् ।