८ कार्तिक २०८३, आइतबार

आज देशभरको मौसम सामान्य बदली रहने, पहाडी भेगमा वर्षाको सम्भावना

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार देशभरको मौसम सामान्य बदली रहने जनाएको छ ।

देशको पहाडी भू–भागका एकदुई स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

देशभर हाल पश्चिमी वायूको सामान्य प्रभाव रहेको महाशाखाको भनाइ छ । मंगलबार राती देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।