
काठमाडौँ, २ फागुन । नेपाली काँग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ ।
आइतबार काँग्रेसलगायत सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावमा खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।
बैठक मंगलबार बिहान नौ बजे संघीय संसद भवनको ल्होत्से हलमा हुने जनाइएको छ ।
काँग्रेसहित ९८ जना सत्तारुढ दलका सांसदहरुको हस्ताक्षरसहित आइतबार महाअभियोग दर्ता गरिएको थियो ।












प्रतिक्रिया