८ कार्तिक २०८३, आइतबार

महाअभियोगबारे चोलेन्द्रले के भने ?

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ फागुन । सत्तारुढ दलबाटै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आइतबार संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्तासँगै निलम्बनमा परेका छन् ।

उनले आफ्ना निकटस्थसँग प्रतिक्रिया दिँदै दुई तिहाइ पुर्याएर आफूलाई हटाउन चुनौती समेत दिएका छन् ।

आइतबार महाअभियोग प्रस्ताव दर्ताको पत्र बुझ्दै झन्डावाल गाडी सर्वोच्चमै छाडेर निवास फर्किएका जबराले दुई तिहाइ पुर्याएर आफूलाई हटाउन भनेका हुन् ।

‘दलहरूले संवैधानिक प्रक्रिया सुरु गरे, अब दुई तिहाइ पुर्याउन्’ जवराको भनाई छ । जबराविरुद्धको महाअभियोग पारित हुन नेकपा एमालेबिना सम्भव छैन ।

उता एमालेले भने सत्तापक्षले महाअभियोग लगाउनु आफ्ना कमजोरी छोप्नु, आफू अनुकूलको फैसला गराउन, अनि देश र जनताकै लागि षड्यन्त्र भएको निष्कर्ष निकाल्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरिसकेको छ ।