( आज आमाको मुख हेर्ने दिन ! मेरी आमा हुनुहुन्न ! वहाँको सम्झनामा , श्रद्धास्वरूप ! )
मैले रूदा,
पिडा पोख्न — आमा भनें !
अभावमा ,
मेरा आवश्यकता पुरा गर्न — आमा गुहारें !
यातना र पिडामा ,
भक्कानिएर रूँदा –आमा सम्झें !
आँशुहरूमा आमालाई नै बगाएँ !
कालले मुख बाएर निल्न खोज्दा,
आमाकै शक्तिको साहारामा —
आफूलाई सुरक्षित राखें !
यस्ती आमा –
आज मसित हुनुहुन्न ,
तर , सुरक्षीत छन् —
मुटुभित्रको सम्मान
र, कहिले नओइलाउने संझनाहरू !
ममतामयी आमा !
सन्तानहरूका सम्झनामा ,
वात्सल्यताको अजश्र श्रोत बनेर
बाँचिरहनु हुनेछ !!













प्रतिक्रिया