
काठमाडौं, २ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । उनले आज सोमबार दिउँसो २ बजे उक्त बैठक आह्वान गरेका छन् ।
बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्ने छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्ताव र अमेरिकी सहयोग एमसीसीबारे विशेष छलफल हुने बताइएको छ ।
आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) जाने–नजाने निश्चित भइसकेको छैन । पाँचदलीय गठबन्धन र सर्वोच्च अदालतको परमादेशबाट सरकार गठन भएयताका सर्वदलीय बैठकमा एमाले अनुपस्थित रहँदै आएको छ ।















प्रतिक्रिया