
-विवि श्रेष्ठ
तनहुँ, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ शुक्ला २ को अध्यक्षमा नविन पुन निर्वाचित भएका छन् ।
राष्ट्रिय युवा संघ शुक्ला नगर कमिटीको अध्यक्ष भगवान पुनको अध्यक्षतामा सम्पन्न भएको उक्त भेलामा नविन पुनको अध्यक्षतामा ८१ सदस्यीय कमिटी गठन गरेको हो ।
नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको प्रमुख अतिथीमा भएको सो कार्यक्रममा राष्ट्रिय युवा संघ तनहुँका अध्यक्ष मदन तिमल्सेना, केन्द्रिय सदस्य तिर्थराज खनाल, पुर्व केन्द्रिय सदस्य देवान गुरुङ्ग, शुक्ला नगर कमिटीका सचिव रघु पौडेल, व्यास नगर कमिटीका वरिष्ठ उपाध्यक्ष अजित पन्थ रहेका थिए ।
भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथी नेकपा एमाले तनहुँका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले राष्ट्रिय युवा संघ नै देशको ताकत भएको बताए । सरकारले गरेको गलत कार्यलाई युवा संघले निरन्तर खवरदारी गर्दे आएको छ ।

सरकारलाई खवरदारी गर्दे युवालाई स्वरोजगर वनाउन पार्टीले सक्दो भुमिका खेल्ने समेत उनले वताए । देश युवामैत्री हुनुपर्दछ, यसका लागि युवा स्वतस्र्फुत रुपमा जनताका काममा क्रियाशील हुन समेत उनले बताए ।
यसैगरि राष्ट्रिय युवा संघ तनहुँका अध्यक्ष मदन तिमल्सेनाले राष्ट्रिय युवा संघ युवाहरुको ढुकढुकी भएको वताए । सबैको भरोसा लाग्ने युवा बनाउने र त्यसले राष्ट्रिय मामलामा आवाज उठाउने समेत वताए । जनजीविकाको सवालमा युवा संघले सधैँ खवरदारी गर्नेछ, उनले बताए ।
कार्यक्रममा नवनिर्वाचतहरुलाई प्रमुख अतिथी श्रेष्ठले माला र विशिष्ट अतिथी तिमल्सेनाले सपथ गराएका थिए ।












प्रतिक्रिया