
चितवन, १ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एकजुट भएर स्थानीय तह निर्वाचनमा केन्द्रित हुन् पार्टीपङ्क्तिलाई आग्रह गरेका छन् ।
पार्टीका सबै तहका नेता कार्यकर्ताहरुलाई आगामी वैशाख ३० गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचन र त्यसपछि हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि समेत एकजुट भएर लाग्न उनले आग्रह गरेका हुन् ।
नेपाली कांग्रेस चितवनका नेता तथा पूर्वसांसद एकनाथ रानाभाटको स्मृति दिवसमा हिजो शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
नेता रानाभाट जस्ता आफ्नो ज्यानको बाजी लगाएर लोकतान्त्रिक आन्दोलनमा होमिने र पार्टी संगठन निर्माणमा लाग्ने नेता र कार्यकर्ताका कारण नेपाली कांग्रेस जीवन्त बन्न सकेको उनको भनाइ छ ।
उनले निकट भविष्यमा हुने सबै तहको निर्वाचन जित्नुपर्नेमा जोड दिँदै भने, ‘पार्टीको मूल लक्ष्य जनताको सेवा र देशको विकास हो । त्यसलाई हासिल गर्न सत्तामा जानु पर्दछ । त्यसका लागि निर्वाचन जित्नुपर्दछ । त्यसैले हामीले पूर्ण क्षमता लगाउनु पर्दछ । एकजुट भएर लाग्नुपर्दछ ।’















प्रतिक्रिया