८ कार्तिक २०८३, आइतबार

मनषा थाइफुड्स उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

झापा, २९ माघ । मेचीनगर नगरपालिका–१४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा १२ घण्टा अघिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । उद्योगमा बिहान ३ बजे विद्युत् सर्ट भई आगलागी सुरु भएको हो ।

सो आगो नियन्त्रणका लागि झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका गरी १७ वटा भन्दा बढी दमकल प्रयोग भइरहेका छन् ।

विसं २०७५ मा रु एक अर्बको लगानीमा स्थापना भएको मनषा थाइफुड्सले मगमग, अकबरेलगायतका ब्राण्डको चाउचाउ उत्पादन गर्दै आएको छ । उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले बिहानदेखि दमकलसँगै निरन्तर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयवासी आगो नियन्त्रणका लागि खटिरहेका छन् ।

उद्योगमा आगलागी सुरु भएसँगै छिमेकमा रहेका घरहरूका सामानसमेत खाली गरिएको प्रहरीले जनाएको छ ।–रासस