२९ आश्विन २०८३, बिहिबार

अमेरिकाका सामाजिक अभियन्ता राजा घलेलाई पितृशोक

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, २९ माघ । अमेरिकाका सामाजिक अभियन्ता राजा घलेलाई पितृशोक परेको छ ।

अमेरिकाका विभिन्न संस्थाका विभिन्न पदमा नेतृत्व र आबद्ध हुँदै आएको राजा घलेका बुबा नारायणकाजी घलेको गत आइतबार निधन भएको छ । काठमाडौंको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचाररत नारायणकाजीको ९९ वर्षको उमेरमा निधन भएको हो ।

स्व. नारायणकाजी ओखलढुङ्गा रुम्जाटारका पूर्व प्रधानपञ्च अग्रज व्यक्तित्व र वरिष्ठ समाजसेवी थिए । घलेको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो ।

उनको पार्थिव शरीरमा अन्तिम श्रद्धान्जली अर्पण गर्न पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली कांग्रेसका प्रदेश सभा सदस्य राजेन्द्र गुरुङ, ओखलढुंगाका सांसद तथा प्रदेश १ का पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिर गुरुङ, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायत परिवार र आफन्तजनको बाक्लो उपस्थिति थियो ।

स्वर्गीय घलेका एक छोरा र ५ जना छोरी छन् ।