काठमाडौ । संगीतकै माध्यमबाट समाजमा सकरात्मक सन्देश दिन सकिन्छ भन्ने बिषयबस्तुमा निर्माण गरिएको चलचित्र ‘सत्यदिप’ को डबिङ सकिएको छ । पुष्कार घिमिरेको निर्देशन डेब्यु चलचित्र ‘सत्यदिप’को बिहिबारबाट डबिङ सकिएको हो ।
चलचित्रको सम्पुर्ण प्राबिधिक कार्यसकाएर अब छिट्टै प्रर्दशनमा ल्याइने निर्देशक घिमिरेले बताए । सांगीतिक लभस्टोरी बेसमा निर्माण गरिएको यो चलचित्र बि.आर फिल्मस् प्रालिको ब्यानरमा बिनयराम श्रेष्ठले निर्माण गरेका हुन् ।
बिनयको यसअगाडी निर्माता टंक लम्सालसँग सहकार्य रहने गर्दथ्यो । चलचित्रमा रबि गिरी, उमा बेबी, दिब्येस्वर गौतम, सबिना केसी, श्याम केसीलगायतका कलाकार मुख्य भुमिकामा छन् । चलचित्रमा कमल राइको नृत्य, अष्ट महर्जनको द्वन्द्व रहेको छ ।

















प्रतिक्रिया