२९ आश्विन २०८३, बिहिबार

मेरी आमा रुँदै होलिन् !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aama

साहित्य

मेरी आमा रुँदै होलिन् सानो झुपडीमा

चाडपर्वको मेरो भाग छुट्याई टपरीमा

दुबै कुममा फाट्यो होला पोहोर सालको चोली
मनको  बात  सकी  होली  मनै भित्र बोली
मेरै आशामा बसेकी छिन् आमा झुपडीमा
चाडपर्वको मेरो भाग छुट्याई टपरीमा

दिनै भरी  हेर्दै होली  आमा  मेरै बाटो
मन बुझाउन हेर्दै होली दैलोमा मेरै फोटो
दिक्क मानी रुँदै होली आमा झुपडीमा
चाडपर्वको मेरो भाग छुट्याई टपरीमा

– रमना राई
खोटाङ, हलेसी