३० आश्विन २०८३, शुक्रबार

पैसा कमाउन साउदी गएका दुई नेपालीलाई प्रहरीले समातेर जेल हाल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jailकाठमाडौं, ५ वैशाख । धन कमाउन साउदी अरब आएका दुई नेपाली सम्झौता अवधि सकिएपछि घर फर्कन खोज्दा जेल परेका छन् ।

मकवानपुर, गढी ८ का विष्णुलाल लामा र सुनसरी, इनरुवा ८ का सइम मन्सुरीलाई साउदी प्रहरीले गत चैत २२ गते गैरकानूनी बसोबास गरेको आरोपमा पक्राउ गरेर मदिनास्थित पुलिस हेडक्वाटर चलान गरेको हो ।

मा र मन्सुरीका अनुसार दुई वर्षअघि म्यानपावर कम्पनी आरपी इन्टरनेशलन र पर्फेक्ट कनेक्सन इम्प्लोइमेन्ट मार्फत उनीहरु साउदी अरब आएका थिए ।

अल सबा एन कन्स्ट्रक्सन कम्पनीमा काम गर्न आएका उनीहरु कपिल फहद मातहत काम गर्दै आएका थिए । उनीहरुलाई कानून अनुसार काम र आवासीय अनुमति उपलब्ध नगराई कपिलले काममा लगाएका थिए । यस सम्बन्धमा कपिल र सम्बन्धित म्यानपावर कम्पनीलाई पटक(पटक जानकारी गराउँदा पनि उनीहरुले चासो दिएनन् । सम्झौता अवधि सकिएपछि लामा र मन्सुरी जेद्धास्थित नेपाली कन्सुलेटको कार्यालयमा शरण लिएका थिए ।

पीडितका आफन्तले उनीहरुको उद्धार गर्न माग गर्दै गत फागुन २९ गते श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए । त्यहाँबाट सुनुवाइ नभएपछि चैत ९ गते वैदेशिक रोजगार विभागमा उजुरी गरे ।

कार्यवाहक काउन्सुलर सुधिर भट्टराईले उनीहरुलाई नेपाल फर्काउने आश्वासन दिएकामा कम्पनीले पासपोर्ट र एक्जिट भिसा दिनुको सट्टा उल्टै पुलिस बोलाएर पक्रिएको थियो । प्रहरीले उनीहरुलाई जेद्धाबाट मदिनास्थित जेल चलान गरेको जनाइएको छ ।

आजको नागरिक दैनिकमा खबर छ ।