काठमाडौं, ५ वैशाख । आठौं संस्करणको इन्डियन प्रिमियर लिग आर्इपीएल क्रिकेट प्रतियोगितामा चेन्नाई ६ विकेटले विजयी भएको छ ।
शुक्रबार राति भएको खेलमा मुम्बईलाई ६ विकेटले हराउँदै चेन्नाईले आइपीएलमा चौथो जित निकालेको हो । मुम्बईका लागि रोहित शर्माको अर्ध शतक र किरन पोलार्डले शानदार ६४ रन बनाए ।
चेन्नाईले दिएको एक सय ८९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८३ रन मात्र जोड्न सक्यो । रोहितले हर्भजन सिंहसंग मिलेर केही रन जोड्दा हर्भजन २४ रनमै क्याच आउट भए ।
चेन्नाईका आशिष नेहरा एक्लैले तीन विकेट चट्काए । ड्वायन ब्राभोले २ विकेट लिँदा मोहित शर्मा र ईश्वर पाण्ड्येले एक–एक विकेट झारे ।
पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ८९ रन बनायो । चेन्नाईले लगातार चौथो जित निकाल्यो ।
ड्वान स्मिथ र ब्रेन्डन म्याक्कुलमले टिमलाई मजबुत स्कोरमा लगे । सातौँ ओभरमा म्याक्कुलम आउट हुनु पहिले चेन्नाईको अंक स्कोर सय भन्दा माथि पुगिसकेको थियो ।
ड्वायन स्मिथले सर्वाधिक ६२ रन जोडे । म्याक्कुलमले ४६ तथा सुरेश रैनाले अभिजित ३४ रन जोड्न बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् ।
मुम्बईका जर्भजन सिंहले २ तथा लासिथ मालिङगा र किरन पोलार्डले एक–एक विकेट लिए । आर्इपीएल क्रिकेटमा आज दुई खेल हुदैछन् ।
अपरान्ह हुने खेलमा सनराइजर्स हैदरावाद र दिल्ली डेयर डेभिल्स भिड्दै छन् । यस्तै राती सवा आठ बजे हुने खेलमा किंग्स ईलेभेन पन्जाव र कोलकाता नाइट राइडर्स आमने सामने हुनेछन् ।यो खेलको हारसँगै चार खेल खेलेको मुम्बईले एउटा पनि जित्न सकेको छैन् ।















प्रतिक्रिया