
काठमाडौँ, २६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा सभामुख अग्नीप्रसाद सापकोटासँग आक्रोशित बनेका छन् ।
सभामुख सापकोटाले माओवादी नेताको जस्तो व्यवहार देखाएपछि प्रधानमन्त्री देउवा आक्रोशित बनेका हुन् ।
देउवाले सभामुख सापकोटाको विकल्प खोज्न समेत सुरु गरेका छन् ।
सभामुख सापकोटाले माओवादी अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा संसद बैठक सूचना टाँस्दै स्थगित गर्न थालेपछि प्रधानमन्त्री देउवाले सभामुखको विकल्पबारे सोच्न थालेका बताइएको छ ।
प्रधानमन्त्री देउवाले वुधबारको संसद बेठकमा एमसीसी टेबुल गर्ने बताएपछि सभामुखले सूचना टाँस गरेर आगामी फागुन २ गतेसम्मका लागि संसद बैठक स्थगित गरेका थिए ।
यस्ता कार्यले प्रधानमन्त्री रुष्ट बनेको बताइएको छ ।















प्रतिक्रिया