१८ कार्तिक २०८३, बुधबार

राप्रपाका निवर्तमान अध्यक्ष थापाद्वारा पार्टी परित्याग

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

उनले ‘३१ वर्ष लामो पार्टीसँगको सम्बन्ध टुट्न गएको र आफु राप्रपाबाट अलग भएको जानकारी दिएका छन् ।

थापाले मंगलबार एक विज्ञप्ति जारी गरी पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएको र त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले पार्टीबाट अलग भएको बताएका छन् ।

उनले भने, अत्यन्त भारि मन तथा पिडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु । ३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरु प्रति म सदैव गौरव गरि रहने छु । राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु ।