८ कार्तिक २०८३, आइतबार

दुई दिन सामान्य रहेको मौसम फेरि बदली, कस्तो रहन्छ आज र भोलि ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । हिजो र अस्ति दुई दिन सामान्य रहेको मौसम आज फेरि बदली भएको छ ।

मुलुकमा पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम पुनः बदली भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बिहान तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति पूर्वी तथा पश्चिम नेपालका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दूई स्थानमा हल्का हिमपातको आँकलन छ । बुधबार कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थान र लुम्बिनी, गण्डकी तथा प्रदेश १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत छ ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी लगायत बागमती र प्रदेश १ का पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने छ ।