पाल्पा । गुल्मी जिल्लामा जन्मिएर बुटवललाई कर्मथलो बनाएकी शिलु भट्टराई गीतसंगीत क्षेत्रमा जम्दै गइरहेकी छिन् । गीतसंगीत क्षेत्रमा लागेको २ बर्षमै उनी श्रोताको मनमनमा बस्न सफल भइसकेकी छिन् ।
उनी गीतसंगीतमा लागेको पहिलो बर्ष नै तेजष रेग्मीको लय शव्द र तेजष अनि आफनो स्वरमा बजारमा आएको तिज गीत ‘घुम पाकुम घुम’ले नै उनलाई परिचित गरायो ।
पहिलो गीतको सफलतासँगै खुमन अधिकारीको शब्द लयमा अर्को रोइला गीत ‘मुखियाको छोरो’ ले पनि शिलुको सांगीतिक यात्रामा थप इटा थप्ने काम गर्यो । हसिलो मुहार र मिलेको जिउडाल भएकी शिलु मोफसलमा रहेर गीतसंगीत क्षेत्रमा केही गर्ने उद्देश्यका साथ निरन्तर संघर्ष गरिरहेकी छिन् ।
शिलु पछिल्लो समयमा स्टेज कार्यक्रममा समेत अत्यन्त व्यस्त हुँन थालेकी छिन् । उनी भन्छिन-‘सुरुमा गीतसंगीत क्षेत्रमा लाग्दा केही गर्न सकिँदैन कि भन्ने डर थियो, तर अहिले म ढुक्क छु ।’ विगतका दिनमा आफुलाई यो क्षेत्रमा टिक्न गाह्रो भएपनि पछिल्लो समयमा सहज हुँदै गएको उनी बताउँछिन् ।
नयाँ-नयाँ ठाउँमा घुम्न मन पराउने शिलु संगीत क्षेत्रमै आफनो भविष्य रहेको बताउँछिन् । २ बर्षको छोटो समयमै आधिदर्जन एल्बम बजारमा ल्याइसकेकी उनी अरुको एल्बममा पनि आफनो सुरिलो स्वर दिइसकेकी छिन् ।
इन्डियाबाट कार्यक्रम सकाएर केही दिन अघि मात्रै बुटवल फर्केकी उनी अब चाँडै नै नयाँ रोइल गीत ल्याउने तयारीमा रहेको बताउँछिन । रोइला गीत सङगै तिज गीतको पनि तयारीमा छिन् उनी ।
प्रस्तुति : सुशिल नेपाल















प्रतिक्रिया