१८ कार्तिक २०८३, बुधबार

मन्त्री यादवविरुद्ध प्रहरीमा उजुरी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवविरुद्ध प्रहरीमा जाहेरी दिइएको छ ।

पत्रकार एवं नागरिक अभियन्ता तारानाथ दाहालले मन्त्री यादवविरुद्ध गत माघ ५ गते रौतहटको एक कार्यक्रममा हिंसा फैल्याउने अभिव्यक्ति दिएको प्रकरणमा जाहेरी दिएका हुन् ।

पत्रकार दाहालले हुलाकमार्फत जाहेरी दिएका हुन् ।

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य समेत रहेकी मन्त्री यादवविरुद्ध आपराधिक दुरुत्साहन सम्बन्धी कसुर गरेको जाहेरी पत्रमा उल्लेख छ ।

‘वर्तमान परिप्रेक्ष्यमा सिके राउतको जनमत पार्टीले मधेश प्रदेशमा किसानको मुद्दाहरु उठाउँदै विरोध प्रदर्शन गरिरहेका छन् । यस आन्दोलनको क्रममा उग्र गतिविधिहरु समेत देखाउँदै आइरहेका छन् । यस्तो सन्दर्भमा बहालवाला मन्त्री जस्तो जिम्मेवार व्यक्तिको दुरुत्साहन पूर्ण अभिव्यक्तिले समाजमा शान्ति सुरक्षा बनाई राख्न चुनौति थप्छ । तसर्थ, निज अन्यायीलाई हदैसम्मको सजाय गर्नु पर्ने देखिन्छ’, जाहेरी पत्रमा भनिएको छ ।