१८ कार्तिक २०८३, बुधबार

निर्वाचनका लागि एक १ लाख म्यादी प्रहरी भर्ना गरिँदै

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ माघ । सरकारले स्थानीय तहको निर्वाचन गर्ने संकेत गरेसँगै राजनीतिक वृत तातेको छ ।

निर्वाचन आयोगले आगामी जेठ ४ गतेभित्र स्थानीय तहको निर्वाचन गरिसक्न सरकारलाई आग्रह गरेको थियो ।

निर्वाचनको माहोल बनेसँगै सुरक्षा निकायहरु पनि तयारीमा लागेका छन् ।

यसैबीच स्थानीय तह निर्वाचनका लागि कम्तीमा १ लाख म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयले अनुमान गरेको छ ।

एकै चरणमा चुनाव गर्दा ठूलो संख्यामा म्यादी प्रहरीको आवश्यक हुने प्रधान कार्यालयले जनाएको छ ।

यद्यपि यस विषयमा निर्वाचनको मिति घोषणा भएपछि मात्रै प्रक्रिया अघि बढाइने बुझिएको छ ।