
काठमाडौं, २४ माघ । एकीकृत नेपाल कम्युनिष्ट पार्टी एनेकपा को ८ औं केन्द्रीय समितिको पूर्ण बैठकले अध्यक्षबाट गोपाल किराँतीलाई हटाइ अध्यक्षमा आलोक रायमाझीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
किराँतीको भूमिका शंकास्पद र आर्थिक रुपमा विचलन आएकोले अध्यक्षबाट हटाईएको हो । रायमाझीले किराँतीमा सुरुदेखि नै वैचारिक विचलन आएको पनि उल्लेख गरेका छन् ।
उनले भने, ‘उहाँमा सुरुदेखि नै वैचारिक विचलन थियो, उहाँले मालेमावादको कभरमा बुद्ध धर्मको प्रचारकको रुपमा भूमिका खेलेको र आर्थिक प्रलोभनमा परेको जानकारी भएपछि पार्टीले अध्यक्षको जिम्मेवारी पदबाट हटाएको हो ।’
रायमाझी अध्यक्ष बन्नुअघि पार्टीमा उपाध्यक्षको भूमिकामा रहेर पनि काम गर्दै आएका थिए ।












प्रतिक्रिया