
काठमाडौँ, २३ माघ । काठमाडौँ उपत्यकामा सोमबारदेखि जोर बिजोर प्रणाली हटाउने निर्णय गरिएको छ ।
त्यस्तै, फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालन गर्ने पनि निर्णय भएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले जोर बिजोर हटाउन सिफारिस गरेपछि उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरको प्रशासन कार्यालयले सवारी साधनमा जोर बिजोर हटाउने तथा विद्यालय खोल्ने निर्णय गरेको हो ।
जोर बिजोर आइतबार मध्यरातदेखि नै हट्नेछ भने फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन हुनेछन् ।
यद्यपि १२ वर्षभन्दा कम उमेरका बालबालिकाहरुको हकमा भने स्थानीय तहसँग समन्वय गरी आलोपालो गर्न प्रशासनको आदेशमा भनिएको छ ।
यस्तो छ आदेश:
















प्रतिक्रिया