१८ कार्तिक २०८३, बुधबार

देउवा, ओली र प्रचण्डबीचको बैठकमा के भयो छलफल ?

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

आइतबार बालुवाटारमा भएको करिब दुई घण्टा लामो छलफलमा सञ्चारकर्मी एवम् काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव शंकर पोखरेलको पनि सहभागीता रहेको थियो ।

छलफल हार्दिकताका साथ भएको प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाए ।

बैठकपछि प्रतिक्रिया दिँदै मन्त्री कार्कीले भने, “आजको बैठकमा संसद्मा देखिएको अवरोध, एमसीसी र स्थानीय तहको निर्वाचनबारे खुलस्त छलफल भयो । करिब २ घण्टा भएको छलफलमा हार्दिकता साथ र खुलस्त रुपमा विचारविमर्श भएको छ । आगामी दिनमा फेरि यिनै विषयमा छलफल हुने सहमतिका साथ बैठक सम्पन्न भएको छ। आजको छलफल संसद् प्रभावकारी बनाउने विषयमा सकारात्मक कुराकानी भएको छ । एमसीसीलाई निश्कर्षमा पुर्याउनको लागि पनि सकारात्मक छलफल भएको छ ।”

एमसीसीबारे चाँडै टुंगोमा पुगिने कार्कीको भनाइ छ ।