८ कार्तिक २०८३, आइतबार

संसद चलाउनेबारे यस्ताे छ एमालेकाे बटमलाइन

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ माघ । नेकपा एमालेले तीन दलको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मार्ग प्रशस्त गर्नुपर्ने बटमलाइन राखेको छ ।

आइतबार बालुवाटारमा बसेको तीन दलको बैठकमा एमालेले यस्तो धारणा प्रस्तुत गरेको हो ।

सभामुखको भूमिकाका कारण प्रतिनिधिसभा बैठक चल्न नसकेको एमालेले जनाएको छ ।

‘हामी फेरि पनि सत्ता पक्षलाई आग्रह गर्न चाहन्छौँ । हाम्रो मुद्दाहरूलाई सम्बोधन गरोस् । १४ जना गैरसांसदलाई प्रतिनिधिसभामा नराख्न हामीले बैठकमा भनेका छौँ’, बैठकपछि एमाले महासचिव शंकर पोखरेलले सञ्चारकीर्महरुलाई भने, ‘सांसदहरु बाट मात्रै प्रतिनिधि चल्न सक्छ । दलले कारबाही गरेको कुरालाई सभामुखले मान्नुपर्छ हैन भने मार्ग प्रशस्त गर्नुपर्छ भनेर हामीले राखेका छौँ ।’